काठमाडौं। नेपालको केबल, तार तथा कन्डक्टर उत्पादन कम्पनी लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलोपटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाको माग सम्बोधन गर्ने लक्ष्य कम्पनीको रहेको बताइएको छ ।
उच्च गुणस्तर र टिकाउपनाका मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टर ईएन ५०३९७ र आईएस ३९८–भीआईअन्तर्गत प्रमाणित रहेको बताइएको छ । अत्याधुनिक जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्र्युसन, उच्च–गुणस्तरको क्रस–लिंकिङका लागि डीप–वाटर क्युरिङ, स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षण यसमा समावेश रहेको कम्पनीको भनाइ छ । यसले यी कन्डक्टरलाई नेपालको विविध र चुनौतीपूर्ण भूभागमा पनि प्रभावकारी प्रदर्शन र दीर्घकालीन संरचना सुनिश्चित गर्न पनि सक्षम बनाउने कम्पनीको अपेक्षा छ । ११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टर विशेषगरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।