काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्ष कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
पुस १ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँको आधारमा ३ प्रतिशत बोनस शेयर र करसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले करसमेत ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा भने कम्पनीको लाभांश यस वर्ष बढेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।