दुई कम्पनीको ४५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख २८ हजार ८२६ कित्ता गरेर कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

त्यस्तै भगवती हाइड्रोपावरले पनि असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले १० दशमलव ७४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।