चिलिमे जलविद्युतले प्रस्ताव गर्‍यो १२ प्रतिशत लाभांश

Share News

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा कम्पनीले आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरिसकेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।