प्याकेजिङ सामग्रीको मेला आजबाट भृकुटीमण्डपमा शुरु [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । पाँचौं नेपाल प्रिन्ट प्याक अन्तरराष्ट्रिय प्रदर्शनी तथा पाँचौं नेपाल प्लास्टटेक अन्तरराष्ट्रिय मेला आज (शुक्रवार)बाट भृकुटीमण्डपमा शुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड पोमर एण्ड इभेन्ट्स प्रालिले आयोजना गरेको उक्त मेलामा स्वदेशी तथा विदेशी कम्पनीका एक सयभन्दा बढी स्टल राखिएका छन् । 

मेला सहआयोजकमा नेपाल मुद्रण उद्योग महासंघ र सहयोगी संस्थामा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको छ ।  

मेलामा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका कम्पनीको सहभागिता रहने बताइएको छ । 

मेला पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।