आइएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

Share News

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारेर ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । पुस ५ गतेदेखि शुरू भएको यो योजना १७ गतेसम्म चल्ने बताइएको छ । अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरीदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन् ।

अफर अवधिमा हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने एकजना सेवाग्राही, बस टिकट काट्ने तीनजना सेवाग्राही र केबलकार टिकट काट्ने १० जना सेवाग्राहीले खरीद गरिएको टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जानकारी दिएको छ ।

विजेता दैनिक लक्की ड्रमार्फत छानिनेछन् । ‘यस्ता ग्राहकमैत्री अफर प्रदान गरेर हामी हाम्रा सेवाग्राहीका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने गर्दछौं । हामी सबैलाई यस अवसरको फाइदा लिन र डिजिटल भुक्तानीको सुविधा अनुभव गर्न प्रोत्साहित गर्दछौं,’ आइएमई पेका एक अधिकारीले भने ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।