बेष्ट फाइनान्सको १ लाख ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर निष्कासनमा

Share News

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले १ लाख ४५ हजार ४५० कित्ता संस्थापक शेयर00 पुस १० गतेदेखि विक्रीका लागि निष्कासन गरेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर यी शेयर निष्कासन गरेको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा इच्छुक खरीदकर्ताहरूले आवेदन दिनुपर्ने हुन्छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकले यी शेयरमा आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा निष्कासन प्रक्रिया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।