हुम्लामा लगातार हिमपात, सडक र हवाई यातायात ठप्प

Share News

हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए । ‘गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ,’ उनले भने ।  

सिमकोट विमानस्थलबाट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयान कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यस वर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीय बताउँछन् । रासस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।