यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरलाई रोड मार्शल प्रशिक्षण

Share News

काठमाडौं। ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टपछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्समार्फत आफ्ना च्याप्टर लिडरका लागि आधारभूत रोड मार्शल तालीमको आयोजना गरेको छ । यो तालीम यामाहा ब्लू स्ट्रिक्सका लिडरलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक शीप प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको कम्पनीको भनाइ छ ।

तालीम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत विषयमा केन्द्रित थियो । सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तरर्दष्टि समेत प्रदान गरेको कम्पनीको विश्वास छ ।

अन्तरक्रियात्मक मोड्युल र वास्तविकतामा आधारित परिदृश्यमार्फत यामाहा राइड–आउट कार्यक्रम र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउन यी लिडरलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको बताइएको छ । एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेतृत्व मार्गदर्शन मात्र नभई जिम्मेवारी पनि भएको बताए । ‘हाम्रा ब्लू स्ट्रिक्स लिडरलाई ज्ञान र शीपद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरूप यो तालीम सञ्चालन गरिएको हो,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।