काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिता विक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा मेची–कोशी क्षेत्रका विभिन्न डिलरशिपहरूबाट ११ जना उत्कृष्ट विक्री परामर्शदाताहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा भाग लिन योग्य हुन सहभागीहरूले अटो बेसिक्स, प्रोडक्ट नलेज, कम्पिटिसन स्किल्स र सेल्स प्रोसेस सम्बन्धी प्रशिक्षणहरूमा आधारित परीक्षण पार गर्नुपर्ने थियो। यसले सबैभन्दा कुशल प्रतिनिधिहरूलाई छनोट गर्दै प्रतिस्पर्धालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो।
यी हुन विजेताहरू:
प्रथम: चुडामणि आचार्य, बि एन्ड बि अटो ट्रेडर्स, विराटचोक
द्वितीय: कृतिका घिमिरे, जेनिशा अटोमोबाइल ट्रेडर्स, फत्तेपुर
तृतीय: मिरा सापकोटा, पाथीभरा अटो प्यालेस, इलाम
विजेताहरूले आगामी नेशनल सेल्स स्किल्स कन्टेस्ट मा प्रतिस्पर्धा गर्ने मौका पाउने छन् । यामाहा नेपालका क्षेत्रीय विक्री प्रबन्धक रविन श्रेष्ठले विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। उनले सहभागीहरूको कडा मेहनतको प्रशंसा गर्दै भने, "यामाहाले आफ्नो टिमलाई उत्कृष्ट बनाउन सीप र ज्ञान प्रदान गर्न सधैं विश्वास गर्दछ। यस प्रतियोगिताले विशेषज्ञता मात्र होइन, निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई पनि प्रोत्साहित गरेको छ।"
प्रतियोगिता यामाहाको क्षेत्रीय कार्यक्रमहरूको शुरूआत भएको तथा अन्य क्षेत्रहरूमा पनि यस्ता प्रतियोगिताहरू आयोजना गर्ने योजना बनाएको यमाहाले जनाएको छ। एमएडब्लू राइड्सद्वारा सञ्चालित यामाहा नेपाल दुई पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी कम्पनी हो। यसको नवीन प्रविधि, असाधारण प्रदर्शन, र अतुलनीय विश्वसनीयताका यामाहा नेपाललाई चिनिन्छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।