सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

Share News

काठमाडौं । नेपाली बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले बढेर १ लाख ५६ हजार ६००० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४०० मा कारोबार भएको थियो  

यसैगरी, चाँदीको मूल्य प्रतितोला  ५० रुपैयाँले बढेर १ हजार ८८० पुगेको छ । बुधबार एक तोला चाँदी १ हजार ८३० मा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । आज अन्तराष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य २ हजार ६९५ अमेरिकी डलर निर्धारण भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।