भृकुटीमण्डपमा फर्निचर र होम डेकोरसम्बन्धी प्रदर्शनी शुरु [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । भृकुटीमण्डपमा शुक्रवारबाट दसौं संस्करणको नेपाल अन्तरराष्ट्रिय फर्निचर तथा पाँचौं संस्करणको नेपाल होम टेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्स्पो शुरु भएको छ । 

प्रदर्शनीको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए । प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बम्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू राखिएका छन् । 

प्रदर्शनीमा नयाँ प्रविधि र सामग्री प्रदर्शनीमा राखिने आयोजकको भनाइ छ। अवलोकनकर्ताहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने आयोजक संस्थाले बताएको छ। ्मि

मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा प्रदर्शनी माघ ६ गतेसम्म आयोजना हुनेछ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।