रंग्याइँदै न्यूरोडका घरहरू [तस्वीरहरू]

Share News

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा पर्ने जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका घरहरू रंग्याउन थालिएको छ । 

काठमाडौं महानगरपालिकाको वडा नं २४ कार्यालयको समन्वयमा उक्त क्षेत्रका घरहरू सेतो रङले रंग्याउन थालिएको हो । अहिले घरहरू रंग्याउने काम धमाधम भइरहेको छ । 

उक्त क्षेत्रको सौन्दर्य बढाउन घरहरूमा एउटै रङ लगाउन थालिएको वडा कार्यालयले जनाएको छ । उक्त कार्य सम्बन्धित घरधनीहरूकै खर्चमा भइरहेको वडाअध्यक्ष विनोद राजभण्डारीले जानकारी दिए । घरका भित्तामा सेतो रङ र झ्यालमा हरियो रङ लगाइने उनले बताए । 

कात्तिकअघिसम्म जताततै गुजुल्टिएका तारका कारण अव्यवस्थित देखिएको यो क्षेत्र तार भूमिगत गरेपछि चिटिक्क बनेको छ । घरहरूमा रङ लगाइसकेपछि त्यहाँको सुन्दरता अझै थपिने वडाअध्यक्ष राजभण्डारी बताउँछन् । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।