६ महीनामा १३ अर्बका विद्युतीय कार-भ्यान आयात

फाइल तस्वीर ।

Share News

काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव)मा विद्युतीय कार/भ्यान आयात बढेको छ ।

भन्सार विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो ६ महीना (साउन-पुस)को वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार मूल्यका ५ हजार ४८० थान विद्युतीय कार/भ्यान आयात भएका छन् । गत वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख १ हजार मूल्यका ५ हजार १०७ थान विद्युतीय कार/भ्यान भित्रिएका थिए । 

पछिल्लो (साउन-पुस) १३ अर्ब १० करोड ८० लाख ६९ हजार ५ हजार ४८० थान
गत वर्ष ०८०/८१ (साउन-पुस) १२ अर्ब ७३ करोड  २७ लाख १ हजार  ५ हजार १०७ थान
अघिल्लो वर्ष ०७९/८० (साउन-पुस) ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार १ हजार ७४९ थान

विभागको तथ्यांकअनुसार नेपाली बजारमा चिनियाँ कारहरूको आयात निरन्तर बढ्दा भारतीय कारको आयात भने घट्दो क्रममा रहेको देखिन्छ । 

चालु आवमा चीन, भारत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय कार/भ्यान आयात भएकामा सबैभन्दा बढी चीनबाट भित्रिएका छन् । यस अवधिमा चीनबाट मात्रै १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार मूल्यका ४ हजार २०५ थान विद्युतीय कार/भ्यान आयात भएका छन् ।

यो अवधिमा भारतबाट २ अर्ब २९ करोड ८१ लाख ६५ हजार मूल्यका विद्युतीय कार/भ्यान आयात भएका छन् । त्यस्तै जर्मनीबाट १९, अमेरिकाबाट ४ र द. कोरियाबाट २ थान विद्युतीय कार/भ्यान /भ्यान आयात भएका छन् ।

देश चालू आव ६ महीना गत आव ६ महिना
चीन   १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार  ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार
भारत   २ अर्ब २९ करोड ८१ लाख ६५ हजार ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार

गत वर्षको सोही अवधिमा चीनबाट ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार मूल्यका ३ हजार १२१ थान विद्युतीय कार/भ्यान आयात भएका थिए । सो अवधिमा भारतबाट भने ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार मूल्यका १ हजार ९२२ थान विद्युतीय कार/भ्यान नेपाल भित्रिएका थिए । त्यसबाहेक कोरियाबाट ३९, इन्डोनेशिया १७, जर्मनीबाट ५ अमेरिकाबाट ३ थान विद्युतीय कार आयात भएका थिए ।  

चालू आव पहिलो ६ महीनामा कार आयातको तथ्यांक (मूल्य रू हजारमा) 
    थान मूल्य
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट चीन २७०७ ६९७६४२४
विद्युतीय कार, जीप र भ्यान  ५० किलोवाट चीन ९५८ १८०५७२३
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट चीन ५३१ १८१२३६६
विद्युतीय कार, जीप र भ्यान  २०१ किलोवाट देखि ३०० किलोवाट चीन ४५०४३
विद्युतीय कार, जीप, भ्यान ३०० किलोवाट चीन ८३२३
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट जर्मनी १७ ११५७८३
विद्युतीय कार, जीप र भ्यान  २०१ किलोवाट देखि ३०० किलोवाट जर्मनी १७०६८
विद्युतीय कार, जीप र भ्यान  ५० किलोवाट भारत ७६७ १३१८६६६
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट भारत ४८३ ९७९४९९
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट दक्षिण कोरिया ४५८९
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट दक्षिण कोरिया ७९७९
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट अमेरिका १६६०८
जम्मा   ५४८० १३१०८०६९

 

आव ०८०/८१ पहिलो ६ महिनामा कार आयातको तथ्यांक (मूल्य रू हजारमा) 
    थान मूल्य
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट चीन                    ४४९            ९१८,८७७
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट चीन                २,६३७        ७,५१८,८२३
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट चीन                      २६            १००,९४१
विद्युतीय कार, जीप र भ्यान  २०१ किलोवाट देखि ३०० किलोवाट चीन                         ९              ६७,२३२
विद्युतीय कार, जीप र भ्यान  १०१ किलोवाट देखि २०० किलोवाट जर्मनी                         ४              २२,६०३
विद्युतीय कार, जीप र भ्यान  २०१ किलोवाट देखि ३०० किलोवाट जर्मनी                         १                ८,२३०
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट भारत                १,५९०        २,८८७,५६७
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट भारत                    ३३२            ९३१,७८२
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट इन्डोनेशिया                      १७              २८,९७३
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट दक्षिण कोरिया                         १                ४,८४९
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट दक्षिण कोरिया                      ३८            २२६,१५७
विद्युतीय कार, जीप र भ्यान  २०१ किलोवाट देखि ३०० किलोवाट अमेरिका                         ३              १६,६६६
जम्मा                  ५,१०७      १२,७३२,७०१

 

आव ०७९/८० को पहिलो ६ महिनामा कार आयातको तथ्यांक (मूल्य रू हजारमा) 
    थान मूल्य
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट चीन २२३ ४९८३३९
विद्युतीय कार, जीप र भ्यान  १०० किलोवाट देखि २०० किलोवाट चीन १४ ५६४७८
विद्युतीय कार, जीप र भ्यान  २०० किलोवाट देखि ३०० किलोवाट चीन २१९६८
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट भारत १२८० ३४६८३३४
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट इन्डोनेशिया ६४०६
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट दक्षिण कोरिया २०२ ७६४७९५
विद्युतीय कार, जीप र भ्यान १०० किलोवाट देखि २०० किलोवाट दक्षिण कोरिया १९ ९००४८
विद्युतीय कार, जीप र भ्यान १०० किलोवाट देखि २०० किलोवाट अमेरिका ९५९६
विद्युतीय कार, जीप र भ्यान २०० किलोवाट देखि ३०० किलोवाट अमेरिका १३१८२
जम्मा   १७४९ ४९२९१४५

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।