काठमाडौं। नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले फ्ल्यागशिप मोडेल टीभीएस अपाचे आरटीआर १६० रिफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० टुभी रिफ्रेश बीटीका लागि अफरको घोषणा गरेको छ । यस अफरअन्तर्गत कम्पनीले ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको बताइएको छ ।
यो विशेष अफरअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकले २ वर्षसम्मका लागि नि:शुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । ग्राहकको सहजतालाई प्राथमिकतामा राख्दै टीभीएसले काठमाडौं उपत्यकाका ग्राहकलाई चुनिएका सर्भिस स्टेसनमार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा प्रदान गर्ने व्यवस्था गरेको बताइएको छ । साथै टीभीएसको बाइक वा स्कुटरको खरीद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।