मौलाकाली केबलकारको ५० प्रतिशत हकप्रद शेयर निष्कासनमा, ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने

Share News

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले सो मितिसम्म कायम रहेका शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी भएको यो हकप्रद खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

यो कम्पनीले सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गर्ने तयारी गरेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले संस्थापकमा हकप्रद शेयर विक्री गरेको हो । आईपीओ जारी गर्ने प्रस्ताव भने कम्पनीले २०८० पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।