चितवनमा सिजी र युरो मोटर्सको ‘चेकअप क्याम्प’

Share News

चितवन। सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्स भरतपुरको सहकार्यमा विद्युतीय यात्रुवाहक बसको नियमित परीक्षण शुरू गरिएको छ । माघ १० गतेदेखि भरतपुर बसपार्कबाट घरदैलो क्याम्प शुरू गरिएको युरो मोटर्सका बिजनेश प्रमुख विशाल पौडेलले जानकारी दिए । ‘इभी गाडीमा आउने समस्या समाधान र उहाँहरूको समय बचत गर्न पनि यो क्याम्प गरिएको हो,’ उनले भने ।

उनका अनुसार भरतपुरबाट हेटौंडा, वीरगञ्ज, पोखरा, काठमाडांै, बुटवल लगायत रूटमा चल्ने यात्रुवाहक विद्युतीय गाडीका समस्याको परीक्षण र आवश्यकताअनुसार मर्मत गरिएको छ । कम्पनीका इञ्जिनियर, अन्य प्राविधिक, श्रमिक लगायतको टोलीले हालसम्म ती रुटमा चल्ने ४० ओटा विद्युतीय यात्रुवाहक माइक्रो बसको परीक्षण तथा मर्मत गरेको पौडेलले जानकारी दिए । युरो मोर्टसले केवाईसी, किङलङ मोडलका यात्रुवाहक माइक्रोबस विक्री गर्दै आएको छ भने निजी गाडीमा नेटा, नेटा भी, नेटा एक्स, रिडारा, डायुन, जिएसी, एक्सेङ अवतार भेरियन्टका निजी विद्युतीय गाडी विक्री गर्दै आएको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।