काठमाडौं। एमएडब्ल्यू वृद्धिअन्तर्गत ईभी ब्रान्ड सेरेसले आइतवारदेखि शुरू भएको ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प भइरहेको जानकारी दिएको छ । आगामी बिहीवारसम्म चल्ने यो राष्ट्रव्यापी कार्यक्रममा नेपालभरका सबै सेरेस शोरूममा यो सुविधा उपलब्ध हुने बताइएको छ । काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार तथा उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरमा कम्पनीका शोरूम रहेको बताइएको छ ।
कार्यक्रमले ग्राहकलाई विभिन्न विशेष अफर र सुविधाको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्ने बताइएको छ । सेरेसले नगद छूट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनससहित विभिन्न अफरका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्ने अपेक्षा गरिएको छ । नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीले नेपालको दु्रत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको बताइएको छ । ‘ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्ने ग्राहकलाई सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ,’ एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।