इमर्जिङ्ग नेपालले माघ ३० गते बोलायो विशेष साधारण सभा

Share News

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ ३० गते विशेष साधारण सभा बोलाएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ (ख) मा उल्लेख भए अनुसार शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने निर्णय पनि सभाले गर्नेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।