प्रोग्रेशिभ फाइनान्स र एएसजी आई केयरबीच सम्झौता

Share News

काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एएसजी आई केयरसँग आपसी व्यावसायिक हित तथा विभिन्न सामाजिक कार्यमा सहकार्य गर्ने गरी सम्झौता गरेको छ । समझदारीपत्रमा फाइनान्सका ग्राहक, शेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवामा १० देखि ५० प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको बताइएको छ ।

साथै सम्झौता अनुसार एएसजी आई केयरले ओपिडीमा पहिलो पटकको दर्ता नि:शुल्क तथा वर्षमा दुई पटक नि:शुल्क आँखा जाँच अभियान सञ्चालन गर्नेछ । यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारीमा उल्लेख छ । 

समझदारीपत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरेका छन् । सो अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका बजार व्यवस्थापक संजीवकुमार ठाकुरको उपस्थिति थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।