सोनाम ल्होसार पर्व मनाइँदै [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदैछन् । पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विभिन्न झाँकी प्रदर्शन गरिएका थिए । कार्यक्रम हुनुअघि रत्नपार्कदेखि टुँडिखेलसम्म र्याली निकालिएको थियो । 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्वलाई तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । 

आजबाट शुरु भएको नयाँ वर्षलाई ‘सर्प’ वर्षका रूपमा मनाइने भएको छ । तामाङ समुदायले १२ वटा जीवजन्तुका नामबाट वर्ष विभाजन गरेका छन् । 

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्छन् । 

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।