काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव गर्दै फागुन २७ गते १३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा खोटाङको दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभाहलमा बिहान ११ बजे शुरु हुनेछ ।
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभाका लागि तय गरिएको छ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
हाल कम्पनीको चुक्तापूँजी ३५ करोड रुपैयाँ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।