काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमले शनिवार साँझ जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि पेट्रोलको प्रतिलिटर ५८ पैसा बढाएर र डिजेल तथा मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटाएर मूल्य पठाएकोले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।