एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकनकर्ताको भीड [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो चलिरहेको छ । प्रदर्शनीको अन्तिम दिन आज विभिन्न स्टलमा अवलोकनकर्ताको भीड देखियो । 

कृषि क्षेत्रको विकासमा सघाउने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा एक्स्पो आयोजना गरेका हुन् । 

शुक्रवार शुरु भएको उक्त प्रदर्शनीमा नेपाली कृषि उद्यमी, विदेशी व्यवसायी तथा कम्पनीहरूले स्टल राखेका छन् । प्रदर्शनीमा साना औजार, मेशिनदेखि डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूसम्म राखिएका छन् ।

साथै, प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी दिने गरिएको छ । 

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।