जर्मनीको संसदीय चुनावमा विपक्षी दल सीडीयू बन्यो सबैभन्दा ठूलो पार्टी

जर्मनीको बर्लिनमा रहेको कन्जरभेटिभ क्रिस्चियन डेमोक्र्याटिक युनियन पार्टीको मुख्यालयमा आइतवार समर्थकहरूलाई सम्बोधन गर्दै पार्टीका नेता फ्रेडरिक मर्ज । तस्वीर : रासस/एपी

Share News

काठमाडौं । जर्मनीमा सम्पन्न संसदीय चुनावमा रुढीवादी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ । 

अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार सीडीयू गठबन्धनले २८.५ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

आइतवार सम्पन्न चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले २०.६ प्रतिशत मत पाएको छ । यसैगरी समाजवादी पार्टी (एसपीडी)ले १६.४ प्रतिशत मत पाएको छ ।

जर्मनीमा संसदीय चुनावका लागि मतदान जारी

चुनावबाट सबैभन्दा ठूलो दल बनेसँगै  सीडीयू नेता फ्रेडरिक मर्ज चान्सलर बन्ने तयारीमा देखिएका छन् । 

सीडीयूले सरकार बनाउनका लागि अन्य दलसँग गठबन्धन गर्नुपर्ने भएको छ । तर, उसलाई गठबन्धन गर्नका लागि चुनौती देखिएको छ । 

मर्जले एएफडीसँग कुनै पनि प्रकारको गठबन्धन नगर्ने बताएका छन् । उनले आफ्नो पार्टीका नीति एएफडीसँग मेल नखाने भन्दै सहकार्य नगर्ने बताएका हुन् । अन्य दलहरूले पनि एएफडीसँग सहकार्य नगर्ने जनाएका छन् ।

यस्तोमा सरकार बनाउनका लागि संसदमा ५० प्रतिशतभन्दा बढी सिट पुर्याउन चुनौती हुने देखिन्छ । 

विश्लेषकहरूका अनुसार, १६.४ प्रतिशत मत पाएको समाजवादी पार्टी (एसपीडी) सँग गठबन्धन गर्ने सम्भावना देखिए पनि वैचारिक भिन्नताका कारण वार्ता कठिन हुन सक्ने अनुमान छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।