महाशिवरात्रि नजिकिएपछि पशुपतिनाथमा बढ्यो चहलपहल [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । महाशिवरात्रिका पर्व नजिकिएसँगै काठमाडौंको पशुपतिनाथ मन्दिरमा चहलपहल देखिन थालेको छ । 

पर्वका लागि मन्दिर परिसरमा सिंगारपटारको काम चलिरहेको छ । श्रद्धालुलाई सहज रूपमा मन्दिर दर्शन गराउनका लागि व्यवस्थापनको तयारी भइरहेको छ । 

पर्वका लागि विभिन्न स्थानबाट मन्दिरमा साधुसन्त आउने क्रम जारी छ । साधुसन्त आउने क्रम बढेपछि मन्दिर परिसरमा टिकटक भिडियो बनाउने पनि बढेका छन् । 

पर्वका अवसरमा नेपाल टेलिकमले नेटवर्क चुस्त बनाउने व्यवस्था मिलाउँदैछ भने एनसेलले नि:शुल्क टिकट बाँडिरहेको छ ।

आगामी बुधवार (फागुन १४) गते महाशिवरात्रि पर्व मनाइँदैछ । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।