स्वरोजगार लघुवित्तको एफपीओमा पहिलो दिनमै मागभन्दा ३०.८८ गुणा बढी आवेदन

Share News

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि निष्कासन गरेको एफपीओमा मागभन्दा ३० दशमलव ८८ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतवार ५ः०६ बजेसम्ममा ४ लाख ७१ हजार ७१८ जना आवेदकले ६० लाख ४६ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले आजदेखि १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । यस एफपीओमा आवेदकले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस एफपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।