सानिमा माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३३ लाख ९८ हजार १७६ दशमलव १० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनी हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।