हुलास स्टील ईण्डष्ट्रिजको १७ लाख १२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासनमा

Share News

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले १७ लाख १२ हजार ६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले २०७९ पुस २८ गतेसम्म कम्पनीको शेयर दर्ता कितावमा दर्ता रहेको शेयरधनीहरूका लागि १०० बराबर २२ दशमलव १८ को अनुपातमा उक्त हकप्रद शेयर निष्कासन गरेको हो ।

फागुन १८ गतेदेखि निष्कासनमा आएको हकप्रद शेयर खरीदका लागि चैत ३ गतेसम्म आवेदन दिनुपर्ने जानकारी कम्पनीले फागुन २२ गते सूचना जारी गर्दै दिएको छ । प्रतिकित्ता १०० रुपैयाँमा उल्लेखित कित्ता हकप्रद शेयर विक्री गर्ने निर्णय कम्पनीले २०८० फागुन ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । आफ्‌नो स्वामित्वको हकप्रद शेयर खरीद गर्न नचाहने शेयरधनीहरूले अन्य शेयरधनीहरुलाई हस्तान्तरण गर्न सकिने जानकारी पनि कम्पनीले दिएको छ ।

शेयरधनीहरूले आफूले आवेदन गरेको कुल शेयरको हुने रकम कम्पनीको नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०१०००१०५०००९४१ मा जम्मा गरी सोको सक्कल भौचर आवेदनमा समावेश गर्नुपर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।