काठमाडौं। होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठले अजय कुमारलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । १९ वर्षभन्दा लामो समयदेखि प्रतिष्ठित आतिथ्य ब्रान्डमा कार्यानुभव हासिल गरेका अजयसँग स्तरीय होटल सञ्चालन, अतिथि अनुभव अभिवृद्धि र रणनीतिक नेतृत्वको ज्ञान रहेको बताइएको छ ।
उनी होटलमा सञ्चालन निर्देशकको रूपमा काम गरी होटललाई उत्कृष्ट बनाउन पहल गरेको बताइएको छ । ‘उनको रणनीतिक दूरदृष्टि र अतुलनीय सेवा उत्कृष्टताप्रतिको प्रतिबद्धताले होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठलाई थप बलियो बनाउनेछ,’ होटलले आफ्नो घोषणा वक्तव्यमा उल्लेख गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।