काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि निष्कासन गरेको आईपीओमा मागभन्दा ५ दशलमव २७ गुणाभन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार बिहान १०ः०७ बजेसम्ममा ७ लाख ७७ हजार ३३६ जना आवेदकले ९७ लाख २४ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । उक्त आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर एपमार्फत सजिल्यै आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।