सबैभन्दा पातलो ब्याट्री भएको एमजी एस ५ इभी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

Share News

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतीक्षित एमजी एस ५ इभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ । 

लोकप्रिय एमजी जेडएस इभिको विकल्पका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको छ । 

एमजी एस ५ इभि नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुबै भेरियन्टमा ४९ किलोवाट-घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्यूटन-मिटर टर्क उत्पन्न गर्न सक्दछ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ । जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट-घण्टा ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ इभिको शुरुवाती मूल्य क्रमशः ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रहेको छ भने ६२ किलोवाट ब्याट्री भएको एमजी एस ५ इभिको मूल्य ५४ लाख ९९ हजार रहेको छ ।
यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ । रियर-व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ्ग प्रयोग गरिएको छ । जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्याउँछ । यी विशेषताहरूले एमजी एस ५ इभिलाई मूल्य अनुसारको उत्कृष्ट विद्युतीय एसयुभी बनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।