नेपालको आईटी क्षेत्र प्रवर्द्धन गर्ने अध्यादेश संसदबाट पारित भएको भन्दै नास-आईटीले गर्यो स्वागत

Share News

काठमाडौं । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास-आईटी) ले 'आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश' पारित गरेको भन्दै संघीय संसद् र सरकारलाई आभार व्यक्त गरेको छ ।

नेपालको सूचना प्रविधिक्षेत्रका लागि ऐन, नियम सुधार गर्ने यो अध्यादेश संघीय संसदको गत बुधवार बसेको बैठकले पारित गरेको थियो भने बिहीवार बसेको राष्ट्रिय सभाको बैठकबाट पनि परित भएको थियो । यस अध्यादेशले नेपालको डिजिटल अर्थतन्त्र मजबूत पार्ने र विश्वबजारमा देशको प्रतिस्पर्धा क्षमता बढाउने ऐतिहासिक कदम भएको नास-आईटीले जनाएको छ ।

नास-आईटीका अनुसार यसले आईटी कम्पनीहरूको व्यवसाय सञ्चालन सजिलो बनाउने, लगानीकर्ता आकर्षित गर्ने र नेपाललाई नवप्रवर्तन र प्रविधिको केन्द्र बनाउन मद्दत गर्नेछ । यो सफलता सरकार, संसद्, नीति निर्माता, उद्योग नेतृत्व र प्रविधि क्षेत्रका हितग्राहीबीचको सहयोग र साझा प्रयासको परिणाम भएको नास-आईटीको भनाइ छ।

संघले सांसद, उद्योग विज्ञ, र सम्बद्ध संस्थाहरूलाई यस अध्यादेश पारित गर्नमा दिएको योगदानको प्रशंसा गर्दै आगामी डिजिटल नीति सुधारमा पनि सहकार्यको आशा व्यक्त गरेको छ । नास-आईटी को भनाइमा, "यो निर्णयले नेपालको प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको शुरूआत गरेको छ।"

नेपालको आईटी उद्योगको प्रतिनिधि संस्था नास-आईटीले नवाचार प्रवर्द्धन, बजार विस्तार र अन्तरराष्ट्रिय स्तरमा अवसर सिर्जनाका लागि नीतिगत पहल जारी राख्ने बताएको छ। संघको मुख्य उद्देश्य नेपाललाई विश्वमै प्रविधिको हबको रूपमा चिनाउनु  रहेको छ। यसका लागि नीतिगत सुधार, दक्ष जनशक्ति विकास र सहकार्यलाई प्राथमिकता दिइने बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।