सानिमा रिलायन्स लाइफको शेयर मूल्य समायोजन

Share News

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले कम्पनीको १ दशमलव २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४३६ दशमलव ९४ कायम भएको छ । 

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

आइतवार  दोस्रो बजारमा रू.४४२ दशमलव ४० मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको  शेयर आगामी भोलि अर्थात सोमवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।