ङादी ग्रुप पावरको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिँदै

Share News

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता शेयर खरीदका लागि परेका बोलपत्रहरू भोलि खोल्ने भएको छ ।

कम्पनीले फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेको थियो । उक्त अवधिमा परेका गोप्य शिलबन्दी बोलपत्रहरू भोलि बिहान ७ बजे खोल्न लागेको कम्पनीले जानकारी दिएको हो ।

गोप्य शिलबन्दी बोलपत्रहरू बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।