राधी विद्युत कम्पनीको विशेष साधारण सभा स्थगित

Share News

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । चैत ३ गते आयोजना गरेको विशेष साधारण सभा गणपुरक संख्या नपरेकोले स्थगित भएको कम्पनीले जनाएको छ । 

कम्पनीले आज बिहान ८ बजे वेलकम पार्टी प्यालेस, चापागाउँमा विशेष साधारण सभा बोलाएको थियो ।

सभामा हकप्रद शेयर निष्कासनपश्चात कायम हुने चुक्तापूँजी बराबर हुने गरी जारी पूँजी संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने प्रस्ताव थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।