फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर विक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

Share News

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत ३ गते) देखि ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको छ ।

यस लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ५३१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत १७ गतेसम्म आवेदन दिन मिल्नेछ ।

आवेदकले विक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार, काठमाडौं तथा फरवार्ड कम्पनीको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।