लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ करोड ३४ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयर आइतवार सूचीकृत भएको छ । कम्पनीको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अब यो शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । 

कम्पनीले गत मंसिर १२ देखि पुस २ गतेसम्म १ः०.८८४५१६८ अनुपातमा निष्कासन गरेको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।