गणपूरक उपस्थिति नभएपछि स्थगित राधी विद्युत कम्पनीले पुनः आव्हान गर्‍यो विशेष साधारण सभा

Share News

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चैत ३ गते बोलाएको विशेष साधारण सभा स्थगित भएसँगै कम्पनीले पुनः विशेष साधारण सभा बोलाएको छ । चैत ३ गतेको विशेष साधारण सभाका लागि गणपूरक संख्या नपुगी स्थगित भएकाले सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ११ गते पुनः उक्त सभा गर्ने निर्णय गरेको हो । सभा हिमशिखर पार्टी भेन्यु, चापागाउँ, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ । 
 

सभाका प्रस्तावहरू यस अघिकै हुनेछन् । सभाका लागि यस अघि हकप्रद शेयर निष्कासनपश्चात् कायम हुने चुक्तापूँजी बराबर हुने गरी जारी पूँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव तय गरिएको छ ।  त्यसका लागि नियामक निकायको निर्देशन बमोजिम काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साथै कम्पनीको नियमावली बमोजिम २ जना सञ्चालक नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिको विषयलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन २२ गते बिहिवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।