अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा चैत २२ मा, यी प्रस्ताव पेश हुने

Share News

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा चैत २२ गते गर्ने भएको छ ।

चैत ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारण सभा चैत २२ गते दिउँसो ११ बजे युनियन हाउस अनामनगर काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा चैत १३ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 

विशेष साधारण सभाले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।