फागुनमा २ अर्ब ७ करोडभन्दा बढी मूल्यका तीनपाङ्ग्रे/चारपाङ्ग्रे विद्युतीय सवारीसाधन आयात

तस्वीर : सांकेतिक रूपमा प्रयोग गरिएको ।

Share News

काठमाडौं । भन्सार विभागले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को देशको वैदेशिक व्यापारको तथ्यांक अनुसार पछिल्लो एक महिना (फागुन)मा २ अर्ब ७ करोड २७ लाख मूल्यका २ हजार ३८१ थान एसेम्वल/अनएसेम्वल चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएको छ ।

यो तथ्यांक गत माघ महिनामा आयात भएको यस्तै प्रकृतिका सवारी साधनको तुलनामा मूल्यमा ३३ करोड ३ लाख १० हजार रुपैयाँले बढी हो ।

गत माघमा १ अर्ब ७४ करोड २४ लाख २३ हजार मूल्यका १ हजार ७९४ थान एसेम्वल/अनएसेम्वल चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएका थिए ।

विभागका अनुसार पछिल्लो ८ महिनामा १७ अर्ब ८५ करोड २७ लाख ९३ हजार मूल्यका १८ हजार ९२५ थान एसेम्वल/अनएसेम्वल चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएको छ ।

यो तथ्यांक गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १ अर्ब १४ करोड २४ लाख १७ हजारले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १६ अर्ब ७१ करोड ३ लाख ७६ हजार मूल्यका १४ हजार ७३८ थान एसेम्वल/अनएसेम्वल चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएका थिए ।

विभागका अनुसार चालु आवमा सबैभन्दा धेरै चीनबाट १४ अर्ब १४ करोड ११ लाख २९ हजार मूल्यका १५ हजार ९६२ थान एसेम्वल/अनएसेम्वल चापाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएको छ । त्यस्तै भारतबाट ३ अर्ब ४७ करोड ७६ लाख ५२ हजार मूल्यका एसेम्वल/अनएसेम्वल चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएको छ ।

यो अवधिमा जर्मनीबाट १९ करोड ३ लाख ५६ हजारका २७ थान, कोरियाबबाट २ करोड ३ लाख ७७ हजारका ३ थान, अमेरीकाबाट २ करोड १४ लाख मूल्यका थान र इन्डोनेशियाबाट १८ लाख ७७ हजारका १ थान (एसेम्वल/अनएसेम्वल) रपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको आयात भएको छ ।

पछिल्लो ८ महिनाको तथ्यांक
Unassembled Electric three wheelers vehicles China PCS 4412 437546
Electric three wheelers vehicles China PCS 6272 611028
Unassembled Electric car, jeep & van upto 50KW China PCS 9 6410
Electric car, jeep & van upto 50KW China PCS 1436 2665099
Electric car, jeep & van 51KW to <=100KW China PCS 3197 8251877
Electric car, jeep & van > 101KW to <=200KW China PCS 624 2092992
Electric Car, Jeep, Van with motors pick power  201KW to 300 KW China PCS 10 67856
Electric Car, Jeep, Van with motors pick power exceedigng 300KW China PCS 2 8323
Electric car, jeep & van > 101KW to <=200KW Germany PCS 24 164101
Electric Car, Jeep, Van with motors pick power  201KW to 300 KW Germany PCS 3 26255
Unassembled Electric three wheelers vehicles India PCS 206 23089
Electric three wheelers vehicles India PCS 946 131433
Electric car, jeep & van upto 50KW India PCS 1094 1887362
Electric car, jeep & van 51KW to <=100KW India PCS 681 1435768
Electric car, jeep & van upto 50KW Indonesia PCS 1 1877
Electric car, jeep & van 51KW to <=100KW Korea, Republic of PCS 1 4589
Electric car, jeep & van > 101KW to <=200KW Korea, Republic of PCS 2 15788
Electric car, jeep & van > 101KW to <=200KW United States PCS 4 16608
Electric Car, Jeep, Van with motors pick power  201KW to 300 KW United States PCS 1 4791
      18925 17852793

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।