विराटनगरमा कोमात्सुको एक्स्काभेटर सार्वजनिक

Share News

विराटनगर। हेभी इक्वीपमेन्ट निर्माण कम्पनी कोमात्सुको नयाँ मोडलको एक्स्काभेटर शुक्रवार मोरङको विराटनगरमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नेपालका लागि कोमात्सु हेभी इक्वीपमेण्टको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्स्ट्रक्सन सर्भिसेज प्रालिले स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी२०५–१०एमजेरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नयाँ मोडलको एक्स्काभेटर इन्धन खपतमा किफायती र उच्चतम कार्यक्षमताको भएको कम्पनीले दाबी गरेको छ । 

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका कार्यकारी निर्देशक टंकप्रसाद भट्टले यो एक्स्काभेटर बलियो, इन्धन कम खपत गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो रहेको बताए । कोमात्सु जापानी कम्पनी हो । कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।