कुथेली बुखरी स्मल हाइड्रोपावरको १ लाख २१ हजार भन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ लाख २१ हजार ८६७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सो सभाले शून्य दशमलव ५२६३ प्रतिशत नगद कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।