प्रतिकित्ता रू. ३२० मा स्वरोजगार लघुवित्तको संस्थापक शेयर विक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

Share News

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७९४ कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा राखेको हो । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई विक्री गर्न प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।