मेवा डेभलपर्सले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

Share News

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।