पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै, ३४ किलोमिटर सडक मर्मत गर्न ६९ लाख बजेट खर्चिने

सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्वीर ।

Share News

कञ्चनपुर । यहाँ पर्ने पूर्व-पश्चिम राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको छ । जिल्लास्थित सडक डिभिजन कार्यालयले राजमार्गमा पटके मर्मत तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको हो ।

जिल्लाको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको ३४ किलोमिटर सडक मर्मत र स्तरोन्नति गर्न रु ६९ लाख २९ हजार बजेटमा एमएस निर्माण सेवा गुरुखोला बैतडीलाई ठेक्का दिइएको छ । ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने, स्तरोन्नति गरी कालोपत्र गरी सक्नुपर्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए । 

'राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । सोको न्यूनीकरण गर्न र यात्रा सहज बनाउन पहल थालेका छौँ,' उनले भने, 'सवारीसाधन गुडाउनका लागि हुने समस्या निराकरणका लागि पटके मर्मतको कार्य अगाडि बढाएका हौँ ।' राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने उद्देश्यले कार्य भइरहेको उनको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।