काठमाडौं। विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलका ईभी नेपालमा सार्वजनिक गरेको एक वर्षमै ८ सयभन्दा बढी विक्री भएको बताइएको छ । एमएडब्ल्यू वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको बताएको छ ।
पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार ईभी मोडेल सार्वजनिक गरेको थियो । यी ईभीमा उपलब्ध जेस्चर कन्ट्रोल, एआर–एचयुडी, सनफ्लावर टचस्क्रिन जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री फस्र्ट’ फिचरको माध्यमबाट दिपलले ग्राहकको अपेक्षालाई पुन:परिभाषित गरेको कम्पनीको दाबी छ । एमएडब्ल्यू वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताइएको छ । यसअवधिमा दिपलले नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक
‘ब्रान्ड एम्बास्डर’ बनाएकोे छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० जना चर्चित सेलिब्रिटी र खेलाडीले दिपल प्रयोग गर्दै आएको बताइएको छ ।
साथै दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तरराष्ट्रिय सहकार्यका लागि गन्तव्य हुन सक्छ भन्ने देखाएको बताइएको छ । सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्ल्यू वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यू इनर्जी अवार्ड’ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ देखि सम्मान गरेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।