बुटवल पावरको एफपीओ निष्कासन प्रस्ताव रद्द

Share News

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को रद्द गरी हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन गर्ने प्रस्ताव रद्द गर्दै हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको अवस्थामा रद्द गर्ने निर्णय गरेको हो । एफपीओ निष्कासन प्रक्रिया रद्द गरी ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णयमा कम्पनी पुगेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो । ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर कम्पनीले  निष्कासन गर्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।