सानिमा रिलायन्स लाइफले निष्कासनमा ल्यायो १५ लाख ७४ हजारभन्दा बढी कित्ता शेयर

Share News

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक चैत २९ गतेदेखि निष्कासनमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी निष्कासन गर्दा विक्री नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी निष्कासनमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिन अर्थात वैशाख १३ गतेभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।