भक्तपुरको प्रसिद्ध बिस्काः जात्रामा देखियो रौनक [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आठ दिन नौ रातसम्म चल्ने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्र) बिहीवारबाट शुरु भएको छ । 

भक्तपुरको प्रसिद्ध पाँंचतले मन्दिरको अगाडि राखेर काठैकाठले बनाएको तीन तले भैरवनाथको रथलाई डोरीको सहायताले तानेर दुईतर्फ तानेर जात्रा गरिन्छ । जात्रा शुरु भएसँगै भक्तपुरमा रौनक छाएको छ । 

नेपाल भाषामा वि अर्थात् विषधारी नाग र सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि– सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभ्रंश भई बिस्केट जात्रा भनिन थालिएको हो । 

नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालीमा बिस्का जात्रा मनाउने किंवदन्ती रहेको छ। 

विस्काः जात्रा शुरु भएसँगै जात्रा मनाउने स्थल आसपासका होटल, रेष्टुरेन्टहरू भरिभराउ देखिन्छन । भक्तपुरको विशेष उत्सव भएकोले स्वदेशी तथा विदेशी पर्यर्टकहरू जात्रा हेर्न आउने गर्छन् । यहीकारण जात्रा अवधिभरिमा होटल, रेष्टुरेन्टहरूमा व्यापार बढ्ने गरेको छ । 

यो वर्ष विस्का जात्राका अवसरमा चिनियाँ पर्यटकहरू र फोटोग्राफरहरूको टोली भक्तपुर आएको छ । वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उठाउनु र वैशाख १ गते ढाल्नु जात्राको अर्को मुख्य आकर्षण हो। 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।